ई–सेवा खाता खाेल्नेकाे सङ्ख्या ४० लाखभन्दा धेरै - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 26 January 2021

ई–सेवा खाता खाेल्नेकाे सङ्ख्या ४० लाखभन्दा धेरै


काठमाडाैँ, १३ माघ :
नेपालमा ई–सेवा प्रयोगकर्ताको सङ्ख्या ४० लाख नाघेको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या ४० लाख नाघेको हो ।

यसैगरी अप्रत्यक्ष रूपमा झण्डै एक करोड ५० लाख जनसङ्ख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । अहिले ई–सेवाका देशभर करिब एक लाखभन्दा बढी एजेण्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् ।

अहिले ई–सेवामा मर्चेन्टको सङ्ख्या एक लाख ८५ हजार नाघिसकेको छ । तीन जना युवाको परिकल्पनाबाट सुरु भएको एफवानसफ्ट कम्पनीअन्तर्गत ई–सेवासँगै झण्डै एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस ग्रुपले अहिले एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिएको छ । 

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरि २०१० जनवरी २५ बाट ई–सेवा सुरु भएको हो । ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले भन्नुभयो, ‘कुराकानीका लागि मात्र सीमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्ने महत्त्वपूर्ण माध्यम बनाउन सफल भएका छौँ । आउँदा दिनमा ई–सेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुशनका रूपमा विकास गर्दै लैजानेछौँ ।’

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.