चितवनको रत्ननगरमा मिनिबस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 26 January 2021

चितवनको रत्ननगरमा मिनिबस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु


चितवन, १३ माघ :
पूर्वी चितवनको रत्ननगरस्थित हरिहर मन्दिर अगाडि मिनिबस र मोटरुसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

पूर्वतिरबाट आइरहेको बा २ ख ५६७४ नं. को मिनिबस र पश्चिमबाट पूर्वतिर गइरहेको बा ९२ प ५२०४ नं.को मोटरसाइकल एक आपसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको हो ।
मृतक २ जनाको नाम खुलिनसकेको इलाका प्रहरी कार्यालयका प्रमुख रविन कार्कीले जानकारी दिनुभयो ।

बिहान करिब ९ बजेतिर योदुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका यी २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.