संवैधानिक अस्पष्टता र विवादको निराकरण अदालतले गर्छ : कमल थापा - pharaksandesh.com

मुख्य समाचार


Saturday, 23 January 2021

संवैधानिक अस्पष्टता र विवादको निराकरण अदालतले गर्छ : कमल थापा


काठमाडाैँ, १० माघ :
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवादको निराकरण सर्वोच्च अदालतले गर्ने बताउनु भएकाे छ । अदालतलाई कुनै पनि पक्षले दबाब र प्रभाव दिन नहुने थापाको भनाइ छ । 

गृहजिल्ला मकवानपुरमा रहेका थापाले जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा १४ वर्षदेखिको गलत र त्रुटिपूर्ण राजनीतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटनाउन्मुख भएको बताउनुभयाे । 

अब सबै अट्ने राजनीतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिनुभयाे । आफ्नो स्वार्थसिद्ध गर्न देश, जनता र प्रजातन्त्रलाई दाउमा राख्न नहुने भन्दै थापाले विप्लव माओवादीदेखि राजासम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिने दाबी गर्नुभयाे । 

भ्रस्टाचार, कुशासन, धर्मपरिवर्तन, बेरोजगारी र सर्वसत्तावाद अहिलेको प्रमुख चुनौती भएको चर्चा गर्दै थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनकेन्द्रित हुनुपर्ने बताउनुभयाे । जनताको घरदैलोमा जान ढिलो गर्न नहुने भन्दै थापाले योजनाबद्ध र प्रभावकारी ढंगले पार्टी एकताको भावनाअनुरूप जिल्लामा संगठनकेन्द्रित हुन आग्रह गर्नुभयाे । 

बैठकमा सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन, संगठन सुदृढीकरण तथा भावी कार्यक्रमका बारेमा धारणा राख्नुभएकाे थियाे । आजको बैठकमा ३० जिल्लाका अध्यक्षहरूको सहभागिता रहेको र बाँकी जिल्ला अध्यक्षहरूको बैठक केही दिनभित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.