काठमाडाैँ, ९ माघ : नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताउनुभएकाे छ । राजधानीमा शुक्रबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले भन्नुभयाे, ‘यो कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ ।
उहाँले प्रधानमन्त्री केपी ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र र पार्टीमाथि खड्ग प्रहार गरेको जिकिर गर्नुभयाे । ओली हिटलरको बाटोमा हिँडेको बताउँदै नेपालले सच्याउन नसकेको भन्दै आत्मालोचना गर्नुभयाे ।

No comments:
Post a Comment