केही महिनाभित्रै कोभिड– १९ लाई पराजित गर्नेछौँ : प्रधानमन्त्री ओली - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 January 2021

केही महिनाभित्रै कोभिड– १९ लाई पराजित गर्नेछौँ : प्रधानमन्त्री ओली


काठमाडाैँ, ९ माघ :
प्रधानमन्त्री केपी ओलीले केही महिनाभित्रै कोभिड– १९ लाई पराजित गरिने बताउनु भएकाे छ । १४ माघबाट खोप अभियान सुरु गरेर कोभिड परास्त अभियानको सुरुवात गरिने उहाँको भनाइ छ । 

सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसको अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा उहाँले कोभिड– १९ लाई पराजित गर्ने बिन्दुमा नेपाल पुगेको, तर अझै केही समय सतर्कता र सावधानी अपनाउन आग्रह गर्नुभयाे । भारतबाट ल्याइएको १० लाख खोप चार लाख ३० हजारलाई लगाइने र त्यो अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । 

कार्यक्रममा उहाँले सशस्त्र प्रहरीले देशको सुरक्षामा निभाएको भूमिकाको प्रशंसा गर्दै चुनावको तयारीमा लाग्न निर्देशन दिनुभएकाे छ । सशस्त्र प्रहरीलाई स्रोतसाधनमा कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । सशस्त्र प्रहरीको प्रभाव, प्रतिष्ठा अझै उज्ज्वल, भरोसायोग्य र प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभएकाे थियाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.