१५ लाखभन्दा धेरैले भरे इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ, १८ करोड १२ लाख कित्ता माग - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 January 2021

१५ लाखभन्दा धेरैले भरे इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ, १८ करोड १२ लाख कित्ता माग


काठमाडाैँ, ७ माघ:
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर अर्थात् आईपीओ १५ लाख भन्दा धेरैले भरेका छन् ।

आईपीओ बन्द हुने समय मङ्गलबार साँझ ६ बजेसम्म १५ लाख २९ हजार चार सय ५० जनाले आवेदन दिएको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । यो कुल मागको दुई दशमलव ३९ गुणा धेरै हो ।

सात अर्ब ५८ करोड रुपैयाँ बराबरका सात करोड ५८ लाख कित्ता शेयरका लागि आवेदन माग भएकोमा १८ करोड १२ लाख ८६ हजार सात सय २० कित्ताका लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको आवेदन परेको छ । 

गएको शुक्रबार खुलेको आईपीओमा सुरुकै दिन चार करोड कित्ताको लागि आवेदन परेको थियो ।

सात करोड ५८ लाख कित्ताका लागि १८ करोड कित्ता शेयर माग भए पनि भर्ने जति सबैलाई यो बैंकको आईपीओ पर्नेछ । ४० देखि ५० कित्ताको बीचमा शेयर पर्न सक्ने अनुमान रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.