एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डाटा बोनस - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 January 2021

एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डाटा बोनस


काठमाडाैँ, ७ माघ :
एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि मङ्गलबार बोनस योजना ल्याएको छ । यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरवी डाटा बोनस पाउने कम्पनीले जनाएको छ । 

एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो । सिम अपग्रेड गर्न एनसेलका ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक बिक्रेतामार्फत आफ्नो सिम कार्ड सजिलै विना कुनै शुल्क फोरजीमा अपग्रेड गर्न सक्छन् । 

यो योजनाअन्तर्गतको बोनस फोरजी डाटा सात दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ । फोरजीमा सिम अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डाटा प्याक खरिदमा बोनस डाटा, राम्रो डाटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदि रहेका छन् । 

फोरजी सेवा प्रयोगका लागि फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ । आफूले प्रयोग गरेको सिम फोरजी हो कि होइन भनेर *३२४# डायल गरी वा अङ्ग्रेजीमा अक्षर ठूलो ‘क्यू’ लेखि ३२४ मा एसएमएस पठाइ थाहा पाउन सकिन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.