नेकपाकाे प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शन : सडक अस्तव्यस्त, धेरै ठाउँमा जाम - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 January 2021

नेकपाकाे प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शन : सडक अस्तव्यस्त, धेरै ठाउँमा जाम


काठमाडाैँ, ९ माघ :
प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले काठमाडाैँमा प्रदर्शन गरेको छ ।

उपत्यकाका विभिन्न ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । विरोध सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्नुहुनेछ ।

सभाअघि माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, पद्मोदय मोड, पुतलीसडक, त्रिचन्द्र कलेजलगायतका ठाउँबाट जुलुस निकालिएको थियो । जुलुसको नेतृत्व प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल, भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, युवराज ज्ञवाली, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्नुभएको थियो ।

प्रदर्शनका कारण काठमाडाैँ उपत्यकाका सडक अस्तव्यस्त भएका छन् । धेरैजसो ठाउँमा जाम बढेको र अस्तव्यस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको नेकपाले विरोध गर्दै आइरहेको छ । 

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै यसको विरोध भइरहेको छ । यसकाे विरुद्ध परेका रिटमाथि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा सुनुवाइ भइरहेकाे छ । 





No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.