प्रधानमन्त्री ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेटिङमा प्रतिनिधिसभा विघटन गरे : डा. भट्टराई - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 January 2021

प्रधानमन्त्री ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेटिङमा प्रतिनिधिसभा विघटन गरे : डा. भट्टराई


बुटवल, ९ माघ :
जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सेटिङमा प्रतिनिधिसभा विघटन भएको बताउनु भएकाे छ । प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले वैशाखमा चुनाव हुनै नसक्ने भन्दै राज्यका महत्वपूर्ण अंग नियन्त्रणमा लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सेटिङ गरेर ओलीले संसद् विघटन गरेको बताउनुभयाे । 

ओलीको यो कदम संविधान र लोकतन्त्रमाथिको प्रहार भएको उहाँले आरोप लगाउनुभयाे। जनताको आन्दोलनको बलमा ओलीको गलत कदमलाई सच्चाउनुपर्नेमा जोड दिनुभयाे । 

अहिलेको व्यवस्था भत्काई निरंकुश शासक बन्न चुनाव घोषणा भएको धारणा राख्दै भट्टराईले ओलीको गलत आचरण र चरम महत्वाकांक्षाको कारण मुलुक संकटमा फस्न लागेको बताउनुभयाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.