फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, ल्यापटपकाे विज्ञापन गरेर ठग्ने दुई पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Sunday, 17 January 2021

फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, ल्यापटपकाे विज्ञापन गरेर ठग्ने दुई पक्राउ


ललितपुर, ४ माघ : 
ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भनि ठगी गर्नेलाई सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगी गर्ने दुई जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर घर भएका प्रमोद साह र बहुदरमाइ घर भएका मेवालाल साह रहेका छन् । पक्राउ परेका दुवैले फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, मोबाइल, घडी, ल्यापटपजस्ता सामान बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने भन्दै विज्ञापन गर्ने, सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिइ ठगी गर्ने गरेका थिए ।

ठगिएका प्रविनप्रसाद साहको उजुरीका आधारमा प्रमोद साहलाई पर्साबाट र मेवालाल साहलाई काठमाण्डौबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिको गिरोहले एक करोडभन्दा धेरै रकम ठगी गरेको अनुसन्धानमा खुलेको प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताउनुभयो ।

एसएसपी बज्राचार्यले पक्राउ परेका व्यक्तिको गिरोहले दर्जन बढी व्यक्तिसँग एक करोड बढी ठगी गरेको अनुसन्धानमा खुलेको बताउनुभयो । अनुसन्धान बाँकी नै रहेकाले ठगिएका व्यक्ति अझै बढी हुन सक्ने उहाँले बताउनुभयाे । 

साथै उहाँले पछिल्लो समय फेसबुकलगायतका अन्य नेटवर्कमा फेक एकाउन्ट खोल्ने, विभिन्न प्रलोभन देखाउने, विज्ञापन गर्ने त्यसपछि सम्पर्कमा आएका व्यक्तिलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन पनि आग्रह गर्नुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.