यौन सम्बन्धका लागि अस्ट्रेलिया सरकारको विचित्र गाइडलाइन - pharaksandesh.com

मुख्य समाचार


Sunday, 17 January 2021

यौन सम्बन्धका लागि अस्ट्रेलिया सरकारको विचित्र गाइडलाइन


काठमाडौं :
कोरोनाभाइरसको संक्रमणबाट बचेर यौन सम्बन्ध राख्नका लागि सुझाव दिने क्रममा अस्ट्रेलिया सरकारले निकै विचित्र सुझाव दिएपछि त्यहाँका मानिसहरु टाउको ठोक्न बाध्य भएका छन् । न्यू साउथ वेल्सको स्वास्थ्य वेबसाइट प्लेसेफका यी सुझाव देखेर मानिसहरु जिल्ल परेका छन् । सुझाव दिने क्रममा मानिसहरुलाई कोरोनाबाट बच्नको लागि यौन सम्बन्धका क्रममा १.५ मिटरको दूरी कायम गर्न भनिएपछि मानिसहरु टाउको ठोक्न बाध्य भएको डेलीमेलको समाचारमा उल्लेख छ ।

हद त त्यतिबेला भयो जब मानिसहरुलाई एक्लै यौन सम्बन्ध राख्न सल्लाह दिइयो । नयाँ गाइडलाइनमा पहिलेदेखि साथमै बस्दै आएको पार्टनरसँग यौन सम्बन्ध राख्दा डराउनु पर्ने स्थिति नभए पनि क्याजुअल सेक्स गर्नेहरुले भने सतर्कता अपनाउनुपर्ने भन्दै विभिन्न सुझाव दिइएको छ । कोभिड १९ संकटका बेला सबैभन्दा सुरक्षित यौन सम्बन्ध भनेको एक्लै यौन सम्बन्ध राख्नु भएको वेबसाइटमा उल्लेख छ ।

विज्ञहरुले यौन साथीहरुले आपसी हस्तमैथुन समेत गर्न सक्ने सल्लाह दिएका छन् । यसबाहेक पार्टनरको अगाडि निश्चित दूरी राखेर आफैंले आफूलाई यौनसुख दिने क्रियाकलाप गर्न पनि सुझाव दिइएको छ । यो यौन संक्रामक रोगबाट बच्ने र अनिच्छित गर्भधारणबाट बच्ने उपाय समेत हुन सक्ने भनिएको छ । यौन सम्बन्धका क्रममा ३ लेयरको मास्क लगाउन पनि भनिएको छ । यसबाहेक हट मसाज र फोन सेक्सको समेत सुझाव दिइएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.