खेलकुद मन्त्री तामाङलाई गृह जिल्ला प्रवेशमा अवराेध - pharaksandesh.com

मुख्य समाचार


Saturday, 23 January 2021

खेलकुद मन्त्री तामाङलाई गृह जिल्ला प्रवेशमा अवराेध


सिन्धुपाल्चाेक, १० माघ :
प्रतिनिधिसभा विघटनपछि ओली समूहबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोक प्रवेशमा अवराेध गरिएकाे छ ।

कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक आउँदै गरेका तामाङलाई बीचबाटोमै अवरोध गरिएको हाे । इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको स्थानीयले जानकारी दिए ।

तामाङ ऐसेलुखर्कमा आयाेजित कार्यकर्ता भेलालाई सम्बाेधन गर्न आउनुभएकाे हाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.