विप्लव समूहले राखेको बम डिस्पोज - pharaksandesh.com

मुख्य समाचार


Saturday, 23 January 2021

विप्लव समूहले राखेको बम डिस्पोज


काठमाडौं, १० माघ :
काभ्रेपलाञ्चोकको बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाका बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम डिस्पोज गरिएको प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेनाकाे बम डिस्पोजल टोलीले बम फेला पारेर डिस्पोज गरेको हो । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प पारेर बम खाेजेकाे थियो ।

बम डिस्पोज भएपछि अरनिको राजमार्ग पुन: सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ । अहिले काभ्रेमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेना सुरक्षार्थ तैनाथ छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.