यी हुन् विश्वकै लामो खुट्टा भएकी महिला - pharaksandesh.com

मुख्य समाचार


Saturday, 23 January 2021

यी हुन् विश्वकै लामो खुट्टा भएकी महिला


एजेन्सी ।
एकाटेरिना भिक्टोरोभ्ना लिसिना विश्वकै लामो खुट्टा भएकी महिला हुन्। उनी एक रूसी मोडल तथा पूर्व बास्केटबल खेलाडी पनि हुन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उनले दुई विधामा आफ्नो नाम दर्ता गराएकी छिन्। उनले सबैभन्दा लामो खुट्टा भएकी महिला र अग्लो उचाइ भएकी व्यवसायिक मोडलमा आफ्नो नाम दर्ता गराएकी हुन्।

लिसिनाको उचाइ २ दशमलब शुन्य छ मिटर अर्थात् ६ फिट ९ इन्च रहेको छ। सन् २००८मा उनले बास्केटबल खेलमा ओलम्पिकमा ब्रोन्ज मेडल समेत हात पार्न सफल भएकी थिइन्। सन् २०१४मा खेल जीवनबाट राजीनामा दिएर उनि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन्। उनी “विश्वको सबभन्दा अग्लो मोडलिङ’ एजेन्सीको संस्थापक पनि हुन्। 

लिसिनाले धर्म परिवर्तन गर्दै हिन्दु धर्ममा प्रवेश गरेकी हुन् भने उनी देवी लक्ष्मीको ठुलो भक्त हुन्। धर्म परिवर्तन गरेसँगै उनी साकाहारी भोजनलाई प्राथमिकता दिन्छिन्। हरेक दिन उनी ध्यान अभ्यास गर्छिन्।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.