औपचारिकतामै सीमित हुने आजको प्रदेश सभा बैठक - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 January 2021

औपचारिकतामै सीमित हुने आजको प्रदेश सभा बैठक


विराटनगर, ७ माघ :
प्रदेश १ सभाको आजको बैठक औपचारिकतामा मात्रै सीमित हुने भएको छ । सदन बन्द भएको ६ महिनाभित्र बैठक बस्नुपर्ने संवैधानिक बाध्यताका कारण आजको बैठक औपचारिकता पूरा गर्न मात्र बस्‍ने भएको हो । प्रदेश कार्य व्यवस्था समितिको बैठकमा आज सदनमा कुनै दलको नेताले नबोल्ने, सभामुखले प्रदेश प्रमुखको पत्र पढेर मात्र सुनाउने सहमति भएको छ । 

आज सदन नचल्‍दा सदन सकिएको ६ महिना कट्ने भएकाले औपचारिक जानकारी मात्र गरेर प्रक्रिया सुरू गर्ने सहमति भएको नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्विकुमार राजभण्डारीले जानकारी दिनुभयाे । दाहाल–नेपाल समूहले मुख्यमन्त्रीलाई दलको नेताबाट हटाएकाले पहिलो दिन प्रस्ताव गरिएका भीम आचार्यले बोल्‍न पाउनुपर्ने अडान लिनुभएकाे थियाे भने मुख्यमन्त्री पक्षले निलम्बन गरेका १६ जनालाई सदनमा प्रवेश गर्न नदिने अडान लिएका थिए । 

अहिले २ बजे सदन सुरू गर्ने तयारी गरिएको छ । सदनमा सादा पोशाकका प्रहरी बढाएको छ भने प्रदेश सभा सचिवालय बाहिर व्यापक प्रहरी परिचालन गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.