पाँच वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 January 2021

पाँच वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ


रुपन्देही, ५ माघ :
पाँच वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् ।

तिलोत्तमा १३ मा मजदूरी गर्ने कपिलवस्तु वाणगंगाका २८ वर्षका होमबहादुर विक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

विकले तिलोत्तमा १५ की पाँच वर्षकी बालिकालाई माघे सङ्क्रान्तिकाे दिन बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रविन पोखरेलले बताउनुभयो ।

बालिकाको रुपन्देहीमा उपचार हुन नसकेपछि काठमाण्डौ पठाएको पनि प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.