सडकमा ‘नमुना संसद्’ बनाएर प्रतिनिधि सभा विघटनकाे विराेध - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 January 2021

सडकमा ‘नमुना संसद्’ बनाएर प्रतिनिधि सभा विघटनकाे विराेध


काठमाडाैँ, ७ माघ :
प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा ‘नमुना संसद्’ मा राष्ट्रिय सभाको बैठक गरी विरोध जनाइएको छ । 

बुधबार काठमाडाैँमा नेपाल टीन लिडर्सको आयोजनामा प्रतिनिधि सभा विघटनको विरोधमा ‘नमुना संसद्’ बनाइ राष्ट्रिय सभाको नमुना बैठक गरिएको हो ।

नमुना बैठकमा बोल्दै सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्यबोधका साथ राष्ट्रिय सभाको नमुना बैठक गरिएको नेपाल टीन लिडर्सका इनिसियटर विशाल केसीले बताउनुभयो ।

सडकमा गरिएको नमुना राष्ट्रिय सभाको बैठकमा बोल्ने सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भन्दै यसलाई खारेज गर्नुपर्ने विचार राखेका थिए ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनीहरूकाे भनाइ थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.