गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक(भिडियोसहित) - pharaksandesh.com

मुख्य समाचार


Sunday, 28 April 2019

गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक(भिडियोसहित)

काठमाडौँ : चर्चित गायिका मेलिना राई र गायक प्रशान्त पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘पियारी’ बोलको गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गरिबीका कारण काम गर्नका लागि परदेश गएको पतिको घर फर्किने पर्खाइमा रहेकी पत्नीको पीडालाई देखाइएको छ ।

 गीतमा प्रशान्त आफैँले संगित भर्नुका साथै यस गीतको भिडियोलाई आफैँले निर्देशन गरेका छन् ।

विशाल निरौलाले एरेन्ज गरेको यस गीतको भिडियोमा नायिका शिल्पा पोखरेलका साथ सुमन खतिवडाको अभिनय रहेको छ ।

प्रवीण भट्टले सम्पादन गरेको यस गीतको भिडियोमा पति वियोगको पीडा समेटिएको  छ। 

प्रशान्त र प्रवीणको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.