जुवा खेल्ने आठ जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Friday, 16 August 2019

जुवा खेल्ने आठ जना पक्राउ

गोरखा, ३१ साउन : पालुङटार नगरपालिका–५ चियानडाँडाको जङ्गलमा जुवा खेल्दै गरेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । जङ्गलको बीचमा टेण्ट टाँगेर जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई विहिबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । 

जुवाको खालबाट प्रहरीले रु तीन लाख ८७ हजारसमेत बरामद गरेको छ । गण्डकी प्रदेश प्रहरीको अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको नेपालले जानकारी दिनुभयो । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.