लघुकथा
फोनको घण्टी बज्न थाल्यो उठाए ।
रामेश्वरी दिदी हो ?
मैले हो भने , दिदीलाई सम्मान गर्ने भयौ । म लेखनाथ क्लबको अध्यक्ष सागर बोलेको ।
म एघार बजे भोली आउछु भनेर फोन राखे ।
छोरीको बिहेको चटारो भएपनि गए ।
लेखक नै लेखकले भरिएको हल देखेर गदगद भए ।
समकालीन साथीहरुले बधाई दिदैँ थिए ।
मेयर साब ,पत्रकार सबैको उपस्थितिमा कार्यक्रम
भव्य भयो । कलात्मक काठको फ्रेममा सम्मानपत्र थियो । दोसल्ला ,पहेलो फूलको माला र खाम भित्रको नगदले गमक्क महसुस गरिरहे ।
साहित्यले दिएको उँचाइ मेरो लागी धन भन्दा माथी छ ।
एकजना साहित्यकार
भाइले मोटरसाइकिलमा घर पुर्याउन आए ।
घरमा काम गर्ने जेठा दाइले बोरा बाधेर भारी सामान स्टोर तिर लैजादा बोरा खस्यो । झ्याम्म आवाज़ आयो ।
आत्तिदै सोधे ।
बोराको के हो?
ठुलो छोराले भन्यो , हजुरको प्रमाणपत्र स्टोरमा थन्क्याउन लागेको हो। घरै फोहर पार्यो ।
मेरो ऑखाबाट भेल बग्यो । स्तब्ध भए ।

No comments:
Post a Comment