दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Sunday, 14 June 2020

दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु

नवलपरासी,  ३२ जेठ : नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) मा आज भएको सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ ।

गाउँपालिकाबाट सदरमुकाम परासीतर्फ आउँदै गरेको गाउँपालिकाकै लु १ झ ३७० नम्बरको स्कार्पियो पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ लक्ष्मीनगरस्थित कल्भर्टमा ठोक्किएर पुलको तल खसेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते गाउँपालिका अध्यक्ष ५२ वर्षीय शर्माको बर्दघाटस्थित चिसापानी अस्पतालमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । सोही गाडीमा सवार प्रतापपुर–५ का हरिलाल राजभर घाइते छन् ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.