सुरुङ्गा, १६ साउन : झापाको मेचीनगरस्थित काकडभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन ११ गते कारभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरिएकोमा यसमध्ये १२ जनामा संक्रमण देखिएको छ भने २० जनाको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यसभन्दा अघि मेचीनगरमा २० जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । समुदायमा कोरोना संक्रमण भएको आंशकामा होल्डिङ सेन्टरमा रहेका ३२ जना शसस्त्र प्रहरी र समुदायका ८५ जनाको स्वाव संकलन भएको थियो ।
मेचीनगरमा मात्र कोरोना सक्रमितको संख्या ८२ पुगेको मेचीनगर नगरपालिकाले जनाएको छ ।

No comments:
Post a Comment