पहिरामा पुरिएर आमाछोरीको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 29 July 2020

पहिरामा पुरिएर आमाछोरीको मृत्यु

घोराही, १४ साउन  : दाङमा पहिराले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ः०० बजे घरमाथि बाट खसेको पहिराले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो । 

घरमाथि बाट खसेको पहिराले पुर्दा साकिनेकी २४ वर्षीया बाटुली नेपाली र उहाँकी दुई वर्षीया छोरी आयुष्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष वलीले पुष्टि गर्नुभएको छ । घरमा रहेका पाँच जनामध्ये अन्य तीन जना भने सकुशल छन् । सो घरमा मृतक बाटुकीका सासूससुरा र जेठाजु बस्दै आउनुभएको थियो । मृतकका श्रीमान्को केही समयअघि मृत्यु भइसकेको बताइएको छ । 

घोराही बजारबाट करीब ३७ किलोमिटर पूर्व उत्तरमा सो घटना भएको हो । बङ्गलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिराको उच्च जोखिममा छन् । केही दिनयताको लगातारको वर्षात्का कारण बङ्गलाचुलीका अधिकांश स्थानका बस्ती पहिराको उच्च जोखिममा परेका हुन् ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.