राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा २ हजारभन्दा धेरै कार्यकर्ताद्वारा पार्टी परित्याग - pharaksandesh.com

मुख्य समाचार


Tuesday 6 October 2020

राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा २ हजारभन्दा धेरै कार्यकर्ताद्वारा पार्टी परित्याग


रुपन्देही, २० असाेज :
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका दुई हजार जनाभन्दा धेरै कार्यकर्ताले पार्टी परित्यागको घोषण गरेका छन् ।

प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा उनीहरुले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् । रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, पश्चिम नेपाल बस व्यवसायी प्रालीलगायत ३५ संस्थामा आबद्ध नेकपाका सदस्यले पार्टी छोड्ने घोषणा गरेकाे होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष समुद्र जीसीले बताउनुभयो ।

उहाँले पार्टीलाई सरकारमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएकाले पार्टी छोड्ने घोषणा गरको बताउनुभयो ।

प्रदेश नम्बर ५ को राजधानी दाङ सार्ने तयारी भएपछि केही दिनयता रुपन्देहीमा विरोध प्रदर्शन हुँदै आएको छ ।

अहिले प्रदेश नम्बर ५ काे प्रदेश सभाकाे बैठक सुरु भएकाे छ । आज नाम र राजधानीकाे प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.