चिनियाँ राजदूत सक्रिय, दुई दिनमा भेटिन् नेकपाका चार नेता - pharaksandesh.com

मुख्य समाचार


Saturday 26 December 2020

चिनियाँ राजदूत सक्रिय, दुई दिनमा भेटिन् नेकपाका चार नेता


काठमाडाैँ, ११ पुस :
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार र शुक्रबार नेकपाका चार नेतासँग भेट्नुभएकाे छ  । बिहीबार सुरुमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अपराह्न नेता वर्षमान पुनसँग भेट्नुभएकी उहाँले शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल र नेता कृष्णबहादुर महरासँग भेट्नुभएकाे हाे। 

नेकपा विभाजनपछि पहिलोपटक यान्छीले प्रचण्डसँग भेटेर पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो व्यक्त गर्नुभएकाे छ । संसद् विघटनपछि उहाँले प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली तथा ओलीपक्षीय नेतासँग भेट्नुभएकाे छैन । 

‘अध्यक्षज्यूसँग चिनियाँ राजदूतले शिष्टाचार भेट गर्नुभएको हो र पछिल्लो राजनीतिक घटनाक्रमबारे अत्यन्त सकारात्मक छलफल भएको छ,’ प्रचण्ड र नेपालसँग भएका भेटवार्ताबारे नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले भन्नुभयाे । 

तर, कूटनीतिक स्रोतहरूका अनुसार संसद् विघटनप्रति चीन असन्तुष्ट छ । ‘अनौपचारिक कुराकानीमा चिनियाँ पक्षले यो कदमबाट आश्चर्यजनक भएको भनेको छ, संसद् विघटनले नेपालको राजनीतिक स्थायित्वमा प्रश्न उठ्ने ठाउँ दिएको छ भन्ने उनीहरूको बुझाइ रहेछ,’ कूटनीतिक स्रोतले भन्यो । स्रोतका अनुसार पछिल्लो घटनाक्रम बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि बेइजिङबाट अर्को साता आउने तयारी छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.