अक्षयको फिल्ममा ज्याकलिनको प्रवेश - pharaksandesh.com

मुख्य समाचार


Friday, 4 December 2020

अक्षयको फिल्ममा ज्याकलिनको प्रवेश


काठमाडाैँ, १९ मङ्सिर :
बलिउडमा धेरै फिल्म गर्ने कलाकारको नाम लिनु पर्दा अक्षयकुमार पहिलो नम्बरमा आउँछन् । शाहरुख खान, आमिर खानले दुई तीन वर्षमा बल्ल एउटा फिल्म गर्दा अक्षयकुमारले वर्षमै ४–४ फिल्म भ्याउँछन् । हिरोइनमा भने अक्षयकुमारलाई पछ्याउने लक्षण देखाएकी छिन् ज्याकलिन फर्नान्डिसले । यो महिना मात्र उनका दुइटा फिल्मको घोषणा भएको छ ।

ज्याकलिनल हालसाल ‘भूत पुलिस’को सुटिङ गरिरहेकी छिन् भने यही महिना मात्र उनले रनवीर सिंहको अपोजिटमा रहने गरी ‘सर्कस’ साइन गरेको खबर थियो । हिजो आज मात्र उनले अर्को फिल्मका उपलब्ध हुने सहमति दिएकी छिन् । खबर अनुसार निर्माता साजिद नाडियावालाले ज्याकलिनलाई अक्षयकुमार र कृति सेननसँगै ‘बच्चन पान्डेय’का लागि फाइनल गरेका छन् ।

निर्माता साजिदसँग ज्याकलिनको यो आठौं सहकार्य हो । ज्याकलिनले पहिलो पल्ट साजिदको फिल्म ‘ हाउसफूल’मा ‘धन्नो’ बोलको गीतमा आइटम गरेकी थिइन् । अक्षयकुमारसँग भने ज्याकलिनको चौथो सहकार्य हो । ज्याकलिनले जनवरीदेखि फिल्मको सुटिङ ज्वाइन गर्नेछिन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.