आन्दोलन होइन, सहमति आवश्यकः मन्त्री रायमाझी - pharaksandesh.com

मुख्य समाचार


Saturday 26 December 2020

आन्दोलन होइन, सहमति आवश्यकः मन्त्री रायमाझी


काठमाडौं, ११ पुस :
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले मात्रै मुलुक र जनताको हित गर्न सक्ने उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले बताउनुभएको छ ।

ललितपुरको टौखेलमा शनिबार आयोजित नेपाल कम्युनिष्ट पार्टी नेकपा ललितपुर १ को क्षेत्रिय भेलामा बोल्दै मन्त्री रायमाझीले आन्दोलनबाटभन्दा सहमतिमा सरकारको काममा सहयोग गर्न विपक्षीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु सुशिला नेपाल, हरिकृष्ण ब्यञ्जनकार, मोहन बस्नेत, मधुसुदन पौडेल, सुरेन्द्र मोहन शर्मा बजगाईं, नवराज सिलवाल लगायतका बक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध षडयन्त्रका कारण मुलुकमा राजनितिक अस्थिरता आएको तर्क गर्नुभएको थियो ।

कार्यक्रममा अब आउने बैशाख १७ गते र २७ गते हुने निर्वाचनमा सक्रिय सहभागी हुन कार्यकर्ताहरुलाई निर्देशन समेत दिइएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.