छक्कबहादुर लामा ओली समूह छाडेर प्रचण्ड-नेपाल समूहतिर - pharaksandesh.com

मुख्य समाचार


Saturday 26 December 2020

छक्कबहादुर लामा ओली समूह छाडेर प्रचण्ड-नेपाल समूहतिर


काठमाडाैँ, ११ पुस :
हुम्लाका विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा नेकपाको प्रचण्ड-माधव नेपाल समूहमा फर्कनुभएको छ ।

यसअघि नेकपा दुई समूहमा विभाजित हुँदा केपी शर्मा ओली समूहमा रहनुभएका लामाले आज विज्ञप्ति निकालेर आफू प्रचण्ड-नेपाल समूहको पार्टी संगठनमा यथावत् रहेको जानकारी गराउनुभएको हो । यसअघि लामालाई ओली समूहले केन्द्रीय आयोजक समिति सदस्य बनाएको थियो ।

बाहिर आएको हल्लाको पछि नलाग्न आग्रह गर्दै उहाँले आफूले जनमतको कदर गर्दै प्रचण्ड-नेपाल समूहमा नै बस्ने निर्णय गरेको बताउनुभएको छ । उहाँले प्रचण्ड-नेपाल समूहको पार्टी नै मूलपार्टी भएकोले एकताबद्ध भएर बस्नसमेत हुम्लाबासीलाई आग्रह गर्नुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.