ठूलो परिमाणको चिनियाँ मदिरा बरमद - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 26 January 2021

ठूलो परिमाणको चिनियाँ मदिरा बरमद


हुम्ला, १३ माघ :
नेपाल प्रहरी हुम्लाले ठुलो परिणामको चिनियाँ मदिरा झिनिगिन्टी बरामद गरेको छ । खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु प्रहरीले एक सय दश काटुन चिनियाँ गाउँ भित्र्याउने क्रममा छिप्रा पुलबाट बरामद गरेको हो ।

राति ३ बजेको समयमा गाउँ भित्र्याउने क्रममा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । अहिलेसम्मकै ठुलो परिणामको चिनियाँ मदिरा बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरेको अवैध चिनियाँ मदिरा झनिगिन्टी जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बरामद गरिएको चिनियाँ मदिरा प्रती बोतलको मूल्य ८ सयका दरले १० लाख ४० हजार रुपैयाँ मूल्य बराबर भएको हो ।

यसरी जिल्लाका विभिन्न नाकाबाट चिनियाँ मदिरा भित्र्याउने र गाउँभरी छ्यापछ्याप्ती भएपछि गाउँमा कलह, झगडा हुँदै आएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.