भारतीय अभिनेत्री कंगनाले भनिन्, ‘रात्रीकालीन सिफ्टमा काम गर्दा डर लाग्छ’ - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 January 2021

भारतीय अभिनेत्री कंगनाले भनिन्, ‘रात्रीकालीन सिफ्टमा काम गर्दा डर लाग्छ’


काठमाडौं ।
बलिवुड अभिनेत्री कंगना रनौत अरु भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय हुने नायिका हुन। उनी सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्छिन।

रनौतले पछिल्लो समय ट्वीटरमार्फत आफूलाई रात्रीकालीन सिफ्टमा काम गर्न डर लाग्ने गरेको बताएकी छन्। भारतीय चलचित्र क्षेत्र, राजनीति र समाजका विषयमा आफ्नो मत सामाजिक सञ्जालमार्फत सबैलाई सेयर गर्ने गर्छिन।

उनले हालैमात्र ट्वीटरमा लेखेकी छिन्, ‘नेपोटिजम र चलचित्र माफियाको माझ एउटा कलाकार हुनुको नाताले सबैभन्दा बढी भयानक रात्रीकालीन सिफ्टमा काम गर्नु हो। जब सूर्य उदाउँछन्, तपाई सुत्नुहुन्छ। तपाईको शरीरले आफ्नो कार्य भुल्न थाल्छ। पहिला केही रात मैलाई भोक लागेन र आफैले आफैलाई फरक अनुभुति गरेँ। मेरो शरीरले यसको बानी बसाउने प्रतिक्षामा छु।’

कंगनाको नयाँ फिल्म ‘थलाइवी’ रिलीज हुने तरखरमा छ। जसको छायाङ्कन पूरा भइसकेको छ। उनले यो फिल्ममा लमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको भूमिका निर्वाह गर्ने भएकी छन।

अर्को चलचित्र ‘धाकड’को छायाङ्कन चलिरहेको छ। यस्तै, ‘तेजस’ छायाङ्कन पनि यही वर्षमा पुरा हुने अपेक्षा गरिएको छ। उनले ‘तेजस’मा भारतीय वायु सेनाको पाइलटको भूमिका निर्वाह गर्ने छिन्।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.