कोरोना बिमा भुक्तानीमा अर्थमन्त्रीको चासो, एक साताभित्र बिमा भुक्तानी गर्न निर्देशन - pharaksandesh.com

मुख्य समाचार


Wednesday 4 November 2020

कोरोना बिमा भुक्तानीमा अर्थमन्त्रीको चासो, एक साताभित्र बिमा भुक्तानी गर्न निर्देशन


काठमाडौं, १९ कात्तिक :
कोरोना बिमाको दाबी भुक्तानीमा भइरहेको ढिलाइबारे अर्थमन्त्री विष्णु पौडेलले चासो लिनुभएको छ ।

मन्त्री पौडेलले मंगलबार सरोकारवालाहरुलाई बोलाएर बिमा दाबी भुक्तानीलाई सरल र सहज बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार कोरोना पोजिटिभ प्रमाणित भएको अवस्थामा बिमालेख बमोजिम प्रदान गरिने बिमांक रकम एक साताभित्र भुक्तानी गर्ने निर्णय भएको छ । त्यसको अनुगमन र समन्वय बिमा समितिले गर्नेछ ।

कोरोना बिमा दाबी भुक्तानीमा आएका गुनासो सम्बोधन गर्न हेल्प डेस्क सञ्चालन गर्ने पनि निर्णय भएको छ ।

बैठकमा अर्थमन्त्रीका सचिवहरु, बिमा समितिका अध्यक्ष, नेपाल बिमक संघका अध्यक्षलगायतको उपस्थिति थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.