ओ प्रिय कवि ! - pharaksandesh.com

मुख्य समाचार


Wednesday 4 November 2020

ओ प्रिय कवि !


ओ प्रिय कवि!
समय बूढो भइसक्यो,
आजभोलि ऊ कोमामा छ
त्यसैले,
अब तिमी केही लेख।
तिम्रा हरफहरू पढेर म
दनदनी बलेको चितालाई
आफ्नै घरको चुल्हो देख्न सकुँ।
यो निर्दयी समयले
मेरा कैयन खुसीहरु 
जबरजस्ती निलीरहेछ।
त्यसैले,
अब तिमी मलाई
एउटा मिठो झुट सुनाइदेऊ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.