यो जिन्दगी : चाँदनी - pharaksandesh.com

मुख्य समाचार


Wednesday 4 November 2020

यो जिन्दगी : चाँदनी


उफ्,, सकिन मैले यो जिन्दगीसँग
कहिले साथ नदिने यो समयसँग
सकिन मैले मेरो यो भाग्यसँग
जति प्रयाश गर्दा पनि असफल भाग्यसँग

जित्न खोज्छु आँखाको आँशुलाई 
आजभोलि ऊसैलेनै जित्दैछ मलाई 
हास्न खोज्छु, सक्दिन म
जिन्दगी देखि हार खाए, अब सक्दिन म

उफ,, दुख्यो मुटु, पोल्यो मेरो छाती
मनको पीडा पोख्ने भेटिन कोही साथी 
काहाँ जाँउ के गरुँ, कसरी पारुँ शान्त 
छट्पटी भयो, किन मन मेरो अशान्त 

कुर्दै बसे आउला दिन मेरो पनि भनी 
गन्दै छु म कति थिए असफल दिन अनि
खै,, छैन कहि कतै आशलाग्दा केही पलहरु
आँशुमै डुब्दै बिते जिन्दगीका ती क्षणहरु

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.