भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल आउँदै - pharaksandesh.com

मुख्य समाचार


Wednesday 4 November 2020

भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल आउँदै


काठमाडाैँ, १९ कात्तिक :
भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे आज (बुधबार) नेपाल आउँदै हुनुहुन्छ । नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न नरवणे आज नेपाल आउन लाग्नुभएको हो । 

नरवणेले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च तहको भेटवार्ता गर्ने भएकाले यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । आज नेपाल आउने भारतीय सेनाध्यक्षले बिहीबार उच्च तहमा भेटवार्ता गर्नुहुनेछ ।

भारतले मिचेको नेपाली भूमि समेटेर नेपालले नक्सा सार्वजनिक गरेपछि चिसिएको दुई देशबीचको सम्बन्ध फेरि सुमधुर बनाउने वातावरणको सुरुवातको लागि नरवणेको नेपाल भ्रमण उपयुक्त हुन सक्ने परराष्ट्रविद्हरुले बताएका छन् । दुई देशबीच उच्च तहमा संवाद नभएको अवस्थामा भारतीय सेनाध्यक्षकाे भ्रमणले संवादहीनताको सिलसिला तोड्न सक्ने विज्ञहरुको भनाइ छ । 

यसैबीच नेपाल भ्रमणकाे पूर्वसन्ध्यामा भारतीय सेनाध्यक्षले आफ्नाे भ्रमणले दुई देशकाे सैन्य सम्बन्ध थप बलियाे हुने बताउनुभएकाे छ । आफ्नाे भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई बलियाे बनाउन लामो बाटो तय गर्ने सेनाध्यक्ष नरवणेले भिडियाेमा भन्नुभएकाे छ । 

नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलनअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ सालमै भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइसक्नुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.