मुम्बई इन्डियन्समाथि शानदार जीत दर्ता गर्दै सनराइजर्स हैदरवाद विजयी - pharaksandesh.com

मुख्य समाचार


Wednesday 4 November 2020

मुम्बई इन्डियन्समाथि शानदार जीत दर्ता गर्दै सनराइजर्स हैदरवाद विजयी


काठमाडाैँ, १९ कात्तिक :
इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्समाथि शानदार जीत दर्ता गर्दै सनराइजर्स हैदरवाद विजयी भएको छ।

लिग चरणको अन्तिम खेलमा हैदरवादले साविक विजेता तथा शीर्ष स्थानमा रहेको मुम्बईलाई १० विकेटले हराएपछि शीर्ष चारभित्र पर्दै प्ले अफमा समेत स्थान पक्का गर्न सफल भएको छ। मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना कुनै विकेटको क्षतिमा पूरा गर्‍यो ।

हैदरावादको जितसँगै योसँगै जारी आईपीएलको प्ले अफ समीकरण पूरा भएको हो साथै अंकतालिकामा समेत हेरफेर भएको छ। हैदरावाद र रोयल च्यालेञ्जर्स ब्याङ्ग्लोरको समान १४ अंक भएपनि रनरेटका आधारमा हैदरवाद तेस्रो स्थानमा उक्लिएको छ भने ब्याङ्ग्लोर चौथो स्थानमा धकेलिएको छ। अब शुक्रबार हुने इलिमिनेटर खेलमा हैदराबादले ब्याङ्ग्लोरसँगै खेल्नेछ। नेट रन रेटमा ब्याङ्ग्लोरभन्दा पछि परेपछि कोलकाता नाइट राईडर्स भने समान १४ अंक जोडेपनि बाहिरिएको छ ।

किङ्ग्स इलेभन पञ्जाब, चेन्नई सुपरकिङ्ग्स र राजस्थान रोयल्स यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्। यसैबीच भोलि शीर्ष दुई स्थानमा रहेका मुम्बई तथा दिल्ली क्यापिटल्सबीच क्वालिफायर खेल हुँदैछ। यो खेलको विजेता आईपीएलको फाइनलमा पुग्नेछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.