अमेरिका निर्वाचन २०२०: धेरै राज्यमा ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा - pharaksandesh.com

मुख्य समाचार


Wednesday 4 November 2020

अमेरिका निर्वाचन २०२०: धेरै राज्यमा ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा


काठमाडाैँ, १९ कात्तिक :
अमेरिकामा राष्ट्रपति पदको ऐतिहासिक निर्वाचन सम्पन्न भएको छ र अधिकाँश स्थानमा मतगणना पनि भइरहेको छ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो वाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

अमेरिकाका ५० वटै राज्य र डिष्ट्रिक अफ कोलम्वियामा शान्तिपूर्ण रुपमानिर्वाचन सम्पन्नभएको समाचार सञ्चार माध्यमले जनाएका छन् ।

विश्वभरका मानिसहरुको प्रतीक्षाका साथ हेरिएको चार वर्षे कार्यकालका लागि सम्पन्न योे निर्वाचनमा सन् १९०८ पछि अधिक प्रतिशतमत खसेको यो पहिलो पटक हो । कतिपय स्थानमा मतदान भइरहेको र कतिपय स्थानमामत गणना जारी रहेको हुँदा कति मत खस्यो भनेर भन्न सक्ने स्थिति बनेको छैन तथापि ६६ प्रतिशतको हाराहारीमामत खसेको सर्वेक्षणले जनाएको छ । कोभिडका कारण यसपटक करिब १० करोड मानिसले हुलाक मार्फत अग्रिम मतदान गरेका थिए ।

अमेरिकी समय अनुसार, मंगलवार रातीसाढे ११ बजेसम्मको मतगणनामा दुवै उम्मेदवारले स्पष्ट अग्रता हासिल गर्न सक्नुभएको छैन । अहिले २२३ इलेक्टोरल मतका साथ जो वाइडेनले अग्रता लिइरहनुभएको छ भने ट्रम्पले २०४ इलेक्टोरल मतले पछ्याइरहनुभएको छ । राष्ट्रपति निर्वाचित हुनकालागि कुल ५३८ इलेक्टोरल मतमध्ये आधाभन्दा बढी अर्थात् २७० इलेक्टोरल मत आवश्यक पर्छ । केही युद्धभूमिका रुपमाचर्चा रहेका नर्थ क्यारोलिना, मिसिगन, जर्जिया, पेन्सिलभेनिया, एरिजोना, ओहायोमा राष्ट्रपति ट्रम्पले अग्रता लिइरहनु भएकोले परिणाम अझै के कसो होलाभन्न सक्ने स्थिति छैन । ट्रम्पले चुनाबजित्नुभयो भने यो दोस्रो कार्यकालहुनेछ भने वाइडेनले जितेको खण्डमा उहाँ अमेरिकाकै इतिहासमा सर्वाधिक ज्येष्ठ राष्ट्रपति हुनुहुनेछ ।

यसैबीच, अमेरिकी मतदाताले राष्ट्रपति वाहेक तल्लो सदनका सदस्य, माथिल्लो सदनकासिनेटर र गभर्नरको पनिनिर्वाचनमा सहभागिताजनाएका छन् । छ वर्षदेखि सिनेटमा वर्चस्व लिँदै आएको रिपब्लिकनलाइ विस्थापन गर्न डेमोक्रेटिक पार्टीलाई राष्ट्रपति सहित तीनजना सिनेटरको आवश्यकता पर्दछ भने हाउसमा रिपब्लिकनलाई वहुमतलिनकालागि २० जनातल्लो सदनका सदस्यको आवश्यकता पर्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.