पूर्वसभामुख महरालाई पत्नी शोक - pharaksandesh.com

मुख्य समाचार


Wednesday 4 November 2020

पूर्वसभामुख महरालाई पत्नी शोक


काठमाडौं, १९ कात्तिक :
पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ ।

महरा पत्नी सीता महराको ५९ वर्षमा बुधबार बिहान ६:१५ मा निधन भएको हो । उहाँ माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो।

दसैंमा गृहजिल्ला रोल्पाको मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उहाँका दुई छोरा र दुई छोरी रहेका छन्। कृष्णबहादुर महरासँग सीताको २०३५ सालमा विवाह भएको थियो।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.