नेपाली भूमि फिर्ता भएरै छाड्छः प्रधानमन्त्री - pharaksandesh.com

मुख्य समाचार


Wednesday 4 November 2020

नेपाली भूमि फिर्ता भएरै छाड्छः प्रधानमन्त्री


काठमाडौं, १९ कात्तिक :
प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्ने बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारकै कार्यकालमा अतिक्रमित भूमिलाई नेपालको नक्शामा समावेश गर्ने गरी संविधान संशोधन गराइएको स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले सधैँ सत्यका पछि लाग्नुपर्ने उल्लेख गर्दै एक्लै भएपनि सत्यको पछि लाग्दा अन्ततः त्यस्कै विजय हुने बताउनु भयो ।

कार्यक्रममा प्रेमनाथ अधिकारीव्दारा सृर्जना गरिएको गीति एल्बमको विमोचन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीत संगीतका माध्यमबाट जनतालाई एक सूत्रमा बाँध्ने र निरन्तर जागरुक बनाउने काम भएको बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.