कपिलवस्तु : च्याउफार्ममा आगलागी हुँदा ३३ लाखको क्षति - pharaksandesh.com

मुख्य समाचार


Saturday 26 December 2020

कपिलवस्तु : च्याउफार्ममा आगलागी हुँदा ३३ लाखको क्षति


कपिलवस्तु, ११ पुस :
कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको सृष्टि च्याउफार्ममा आज अपराह्न आगलागी भएको छ ।

च्याउफार्ममा लागेको आगोले फार्मका तीन टहरा जलेर पूर्णरूपमा नष्ट भएका छन् । यस टहरामा उत्पादन भएर टिप्न तयारी अवस्थामा रहेको पाँच हजार किलो च्याउसमेत खरानी भएको फार्मका सञ्चालक श्यामराज सुवेदीले बताउनुभयो । उहाँले आगालागीका कारण करिब ३३ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो ।

'हामी काम गरिरहेका थियौँ, टहरा नजिकै बालबालिका थिए, एक्कासी आगो दन्कियो, आधा घण्टामै सखाप भयो, छिमेकीले पानीको जोहो गर्दागर्दै सबै च्याउ नष्ट भयो', सुवेदीले भन्नुभयो । फुसको टहरा भएकाले स्थानीय तथा प्रहरी पुग्दा आगोले नष्ट गरिसकेको थियो ।

बिक्रीका लागि तयार भएको च्याउ नष्ट भएपछि सञ्चालक चिन्तित भएका छन् । बालबालिका खेल्दै गर्दा आगो सल्किएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.